PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

इपीएल : काठमाडौँलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा



गोविन्दराज नेपाल

इपीएल : काठमाडौँलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा

काठमाडौँ : काठमाडौँ किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनलमा प्रवेश गरेको छ।

योगेन्द्र सिंह कार्कीले अन्तिम ओभरमा ९ रन जोडेपछि ललितपुरले पहिलो क्वालिफायर्समा काठमाडौँमाथि १ विकेटको रोमाञ्चक जिपत हात पारेको हो।

१०९ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभर खेल्दै ९ विकेट गुमाएर खेल जितेको हो। अन्तिम ओभरमा जितका लागि ललितपुरलाई ६ बलमा ९ रन चिहएको थियो भने २ विकेट बाँकी थियो। तर काठमाडौका जितेन्द्र मुखियाले बलिङ गरेको अन्तिम ओभरको पहिलो बलमा सूर्य तामाङ रनआउट भएपछि ललितपुर दबाबमा आएको थियो। तर पहिलो बलमा एक रन लिएका योगेन्द्रले तेस्रो देखि छैटौँ बलसम्म लगातार २-२ रन जोड्दै खेल जिताए।

ललितपुरका लागि योगेन्द्रले २९ बल खेल्दै एक चौकाको मद्दतमा नटआउट २८ रन बनाए। यस्तै कुशल भुर्तेलले सर्वाधिक २९, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा पवन सराफले १९ रन बनाए।

ललितपुरले अब फाइनलमा दोस्रो क्वालिफायर्सको विजेतासँग खेल्नेछ। ललितपुरसँग हारेपनि काठमाडौँले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्स खेल्न पाउनेछ। काठमाडौँले अब भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीच हुने एलिमिनेटरको विजेतासँग बिहीवार दोस्रो क्वालिफायर्स खेल्नेछ।

१०९ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको ललितपुरको सुरुवात पनि राम्रो हुन सकेन। पहिलो ओभरमै गौरव तोमारलाई काठमाडौँका केभिनले मुस्ताफाको हातबाट क्याचबउट गराए।

जयकिसन कोल्सवालाई मुस्ताफाले चौथो ओभरको पहिलो बलमा बोल्ड गर्दै काठमाडौँलाई दोस्रो सफलता दिलाए।

तेस्रो विकेटका लागि पवन सराफसँग २६ रनको साझेदारी गरेका ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए। उनले २२ बल खेल्दै ४ चौका प्रहार गरेका ज्ञानेन्द्र आठौँ ओभरमा आउट भए। ७.५ ओभरमा ४६-३ को अवस्थामा रहेको ललितपुरले ११औँ ओभरमा ३ विकेट गुमाएपछि ५४-६ को अवस्थामा पुग्यो। ११औँ ओभरमा काठमाडौँका प्रदिप शाहुले पवन सराफ (१९), सन्दिप जोरा (०) र सन्नी पटेल (०) लाई आउट गरे।

त्यसपछि कुशल भुर्तेलले योगेन्द्र सिंह कार्कीसँग सातौँ विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। १८औँ ओभरको दोस्रो बलमा कुशल भुर्तेल २९ रन बनाएर मुस्ताफाको बलमा अमरसिंह राउटेलाको हातबाट क्याचआउट भए। २७ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

१९औँ ओभरको तेस्रो बलमा काठमाडौँका केभिनले सोनु तामाङलाई राउटेलाबाट क्याचआउट गराएपछि ललितपुर ९४-८ को स्थितीमा पुगेको थियो। अन्तिम ओभरमा ललितपुरलाई जितको लागि ९ रन चाहिएको अवस्थामा पहिलो बलमै सूर्य तामाङ रनआउट भए।

दोस्रो बलमा योगेन्द्रले रन जोड्न सकेनन्। तर त्यसपछि चार बलमा लगातार दुई-दुई रन जोड्दै योगेन्द्रले ललितपुरलाई जित दिलाए।

अन्तिम ओभरमा ९ रन बनाउँदै ललितपुरलाई जित दिलाएका योगेन्द्र सिंह कार्की

बलिङमा काठमाडौँका प्रदिप शाहुले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए। यस्तै केभिनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने कप्तान मुस्ताफाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले एक बल बाँकी छदै सबै विकेट गुमाएर १०८ रन बनाएको थियो। तीन खेलाडीले मात्र दोहोरो अंकमा रन स्कोर गरेको काठमाडौँका लागि कप्तान रोहन मुस्ताफाले सर्वाधिक ३२ रन बनाए। यस्तै सागर पुनले २९ तथा सिद्धान्त लोहनीले १६ रन जोडे।

चौथो ओभरको चौथो बलमा ओपनर अमित श्रेष्ठ ९ रन बनाएर आउट भएपछि अर्का ओपनर रोहन मुस्ताफाले तेस्रो नम्वरमा ब्याटिङ गरेका सागर पुनसँग दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे।

२० बलमा ३ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएका मुस्ताफालाई सातौँ ओभरमा ललितपुरका कुशल भुर्तेलल रनआउट गरे। त्यसपछि काठमाडौँले अर्को ओभरमा केभिन ओ'ब्रयानलाई १ रनमै गुमाएपछि ५९-३ को अवस्थामा पुग्यो। दशौँ ओभरमा पवन सराफले नरेश बुढाएर (१) र राजु रिजाल (०) लाई एकै ओभरमा आउट गरेपछि काठमाडौँ दशौँ ओभरको समाप्तीमा ६१-५ को स्थितीमा पुग्यो।

काठमाडौँको इनिङ्स सम्हाल्ने क्रममा सागर पुनले छैटौँ विकेटका लागि सिद्धान्तसँग २४ रनको साझेदारी गरे। सिद्धानत्ले २४ बल खेल्दै २ चौकाको मद्दतमा १६ रन बनाएर आउट भए। सागर पुनले ३० बल खेल्दै १ चौका र १ छक्काको मदद्तमा २९ रन बनाए। प्रदिप शाहु ९, विक्रम भुषाल २ रन बनाएर आउट भने भने जितेन्द्र मुखियाले खाता खोल्न सकेनन्।

बलिङमा ललितपुरका पवन सराफ र योगेन्द्र सिंह कार्कीले ३-३ विकेट लिए। पवनले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राखेर १८ रन खर्चे। २.५ ओभर बलिङ गरेका योगेन्द्रले १८ रन खर्चे। यस्तै सन्नी पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell