PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अन्तर्राष्ट्रिय तामाङ परिषदको मिरिक सम्मेलन, १५ फोटोमा हेर्नुस्

अन्तर्राष्ट्रिय तामाङ परिषदको मिरिक सम्मेलन, १५ फोटोमा हेर्नुस्


अन्तर्राष्ट्रिय तामाङ परिषद्को आयोजनामा चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन भारतको मिरिकमा सम्पन्न भयो। मिरिकस्थित आहाले मैदानमा मंसिर २८ गतेदेखि शुरु भएको सम्मेलनले अखिल भारतीय तामाङ बौद्ध संघका अध्यक्ष केएम तितुङको अध्यक्षतामा १९ सदस्यीय पदाधिकारी चयन गरेको छ। महासचिवमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले चयन भएका छन्।

मिरिक बजारदेखि नेपाल तामाङ घेदुङ, भारतीय तामाङ बौद्ध संघलगायतका संघसंस्थाको र्‍यालीसहित आहाले ग्राउन्डमा पुगेका थिए।

प्रमुख अतिथि पश्चिम बंगलका पर्यटनमन्त्री गौतम देव र गोर्खाल्यान्डका क्षेत्रीय प्रशासक विनय तामाङले झन्डोत्तलन र लामा गुरुहरुले अष्टमंगल मन्त्रोचरण गरेपछि औपचारिक कार्यक्रम शुरु भएको थियो।

‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित भएको सम्मेलनलाई अखिल भारतीय बौद्ध संघले व्यवस्थापन पक्ष सम्हालेको थियो भने नेपाल तामाङ घेदुङको विशेष सहयोग गरेको थियो। त्यसैगरी यूरोप, अमेरिका, एसियामा रहेका तामाङ संघसंस्थाहरूले सहयोग गरेका थिए। कार्यक्रमको पूर्व सन्ध्यामा तामाङ सोसाइटी अफ अमेरिकाले पत्रकार सम्मेलन गरी २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। मिरिकमा रहेको होटल जगजितमा सम्मेलन गरी सोसाइटीका अध्यक्ष लक्यान लामाले उक्त घोषणा गरेका हुन्।

पदाधिकारी निर्विरोध

परिषद्को अध्यक्षमा अखिल भारतीय तामाङ बौद्ध संघका केएम तितुङ निर्वारोध चुनिए। मंसिर २९ गते शनिबार राति मिरिकमै रहेको सदभावना होटलमा सम्पन्न निर्वाचनमा उनीसहित अन्य पदाधिकारी निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. कुन्साङ योञ्जनले जानकारी दिए।

सम्मेलनबाट परिषद्को वरिष्ठ उपाध्यक्षमा तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षहरुमा उत्तर–दक्षिण अमेरिकाबाट उत्तर अमेरिका तामाङ समाजका भोजकुमार दोङ, युरोपकोतर्फबाट इजरायल घेदुङका बीबी लामा तामाङ, पूर्वी एसिया तथा अष्ट्रेलियाको तर्फबाट तामाङ समाज जापानका अस्मिता लामा, खाडी तथा मध्ये पूर्वका तर्फबाट बहराइन तामाङ सेवा समाजका सोनाम दोङ तामाङ, दक्षिण एसियाका तर्फबाट घेदुङका कुमार ब्लोन, महिलाबाट घेदुङका मिना तामाङ लुङ्बा चयन भए।

त्यसैगरी महासचिवमा घेदुङका अध्यक्ष मोहन गोले तामाङ, सचिवमा तामाङ समाज युएईका रबिन कुमार लामा र महिला सचिवमा बेल्जियम तामाङ समाजका गोपीमाया मोक्तान चयन भए भने कोषाध्यक्षमा अखिल भारत तामाङ बौद्ध संघका कमला तामाङ थिङ, सहकोषाध्यक्षमा साईप्रस घेदुङका नानु गोम्जा चयन भए। बाँकी सदस्यहरु भने पछि कार्यसमितिले मनोनयन गर्नेछन्।

निर्वाचन प्रकृया सकिएपछि निर्वाचन आयुक्त योञ्जनले निर्वाचित सबैलाई तामाङ भाषामा शपथ खुवाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell