PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुडानमा रोटीको मूल्य बढ्दा विरोध प्रदर्शन, ८ जनाको मृत्यु



सुडानमा रोटीको मूल्य बढ्दा विरोध प्रदर्शन, ८ जनाको मृत्यु
फोटो: ट्विटर/@MAbubakrs

खारतूम : सुडानमा सरकारले रोटीको मूल्य बढाएको भन्दै विरोध प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको छ। 

सुडान सरकारले हालै एक सुडानी पाउन्ड पर्ने रोटीको मूल्य तीन सुडानी पाउन्ड पुर्‍याउने निर्णय गरेको थियो। प्रदर्शन चर्किदै गएपछि विपक्षी नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ।

सुडानको राजधानी खारतूम लगायत अन्य शहरहरुमा केही हप्तादेखि रोटीको अभाव हुँदै आएको छ। 

प्रदर्शनका कारण पूर्वी शहर कान्दरिफमा आपतकालीन अवस्था घोषणा गरिएको छ। उत्तर पूर्वी शहरमा भएको प्रदर्शनमा मृत्युहुनेहरु विश्वविद्यालयका विद्यार्थी रहेको जनाइएको छ। 
 

खारतूमस्थित राष्ट्रपति भवनअघि प्रदर्शनकारीहरुले नाराबाजी गरेपछि दंगा नियन्त्रक प्रहरीले उनीहरुमाथि अश्रु ग्यास प्रहार गरेको थियो। 

प्रदर्शनकारीहरुले सरकार विरोधी नारा लगाउँदै स्वतन्त्रताको माग गरेका थिए। उनीहरुले शुक्रवार राष्ट्रपति उमर अल बशीरको राष्ट्रिय कांग्रेस पार्टीको मुख्यालयमा आगो लगाइदिएका थिए। 

गत वर्षदेखि सुडानमा खाद्यान्न लगायतका वस्तुहरुको मूल्य ७० प्रतिशतले बृद्धि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell