PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मेक्सिको हेलिकप्टर दुर्घटना: महिला गभर्नरसहित ४ जनाको मृत्यु



मेक्सिको हेलिकप्टर दुर्घटना: महिला गभर्नरसहित ४ जनाको मृत्यु
फोटो: AFP/REUTERS

पुइबला : मेक्सिको पुइबला राज्यका गर्भनरका रूपमा केही दिनअघि सपथ लिएका मार्था इरिका अलोनसोको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। डिसेम्बर १४ मा अलोनसोले पुइबलाको पहिलो महिला गभर्नरका रुपमा सपथ लिएकी थिइन्। 

पुइबलाको राजधानीबाट हेलिकप्टर उड्ने बित्तिकै भएको दुर्घटनामा सिनेटर रहेका उनका श्रीमान राफेल मोरिनो भाल्ले सहित दुई पायलटको समेत मृत्यु भएको छ। 

उनीहरुको मृत्युबारे पुष्टि गर्दै मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोरले घटनाप्रति दुख व्यक्त गरेका छन्। ट्वीट गर्दै उनले घटनाबारे सत्यता बाहिर ल्याउन अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

 

अधिकारीहरुले प्रावधिक कमजोरीका कारण हेलिकप्टर खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्।

अलोनसो राष्ट्रपति ओब्राडोरले विश्वास गरेकी राजनीतिज्ञ रहेको बताइएको छ। अलोनसोका श्रीमान भाल्ले सन् २०११ देखि २०१७ सम्म पुइबला राज्यका गभर्नर रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell