PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राहदानी विधेयक राष्ट्रिय सभामा: नियमावली संशोधन गर्न समिति गठन



राहदानी विधेयक राष्ट्रिय सभामा: नियमावली संशोधन गर्न समिति गठन

काठमाडौं: आज बसेको राष्ट्रिय सभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रस्तुत गरेको ‘राहदानी विधेयक–२०७५’माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।

यसैगरी राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन गर्न ९ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ। समितिले १५ दिनभित्र मस्यौदा बुझाउनेछ। 
समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, परशुराम मेघी गुरुङ, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर छन्।

राष्ट्रिय सभाको अर्को बैठक पुस २० गतेका लागि निर्धारण गरिएको छ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले मेलम्ची खानेपानी आयोजनाबारे जानकारी माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell