PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

संसदमा गगन थापाले भने : सरकार, कर्मचारी समायोजन अध्यादेश फिर्ता लिएर जानुस्



संसदमा गगन थापाले भने : सरकार, कर्मचारी समायोजन अध्यादेश फिर्ता लिएर जानुस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले कर्मचारी अध्यादेश फिर्ता लिएर तीन तहको ऐनहरु बनाउन सरकारलाई आग्रह गरेका हुन्।

कर्मचारीहरु आन्दोलनमा रहेको बताउँदै थापाले देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन भएको भए यस्तो अवस्था नआउने बताए। 

‘प्रधानमन्त्रीज्यूलाई हामीले कति पटक भन्यौं कि नबोल्नुस् काम गर्नुस्। तर, दुःखका साथ भन्नु पर्छ कि प्रधानमन्त्रीज्यूको जम्मा दुईवटा रुचि छ, कि बोल, कि पोल,’ थापाले भने।

जिम्मेवार मन्त्रीले पनि सुझबुझविना अध्यादेश ल्याएको उनको आरोप थियो। केही व्यक्तिको स्वार्थमा अध्यादेश ल्याइएको थापाको भनाई छ।

‘एउटै खालका कर्मचारी भर्ना हुँदा एउटा मुख्य सचिवसम्म बन्न सक्ने अर्को चाही जहाँ कि त्यही रहने?’ थापाले प्रश्न गर्दै भने,‘अध्यादेश फिर्ता लिएर जानुस्। तीनै तहको ऐनहरु बनाउनुस्। सरकारसँग मिलेर काम गर्नेछौं।’

कांग्रेसकै सांसद डा.अमरेशकुमार सिंहले एसिया प्यासिफिक कार्यक्रममा संसदको लोगो प्रयोग गरिएकोमा आपत्ति जनाए। उनले जुन अधिकारीको निर्णयमा लोगो प्रयोग भएको छ त्यसलाई कारवाही हुनु पर्ने मागसमेत गरेका छन्।

‘युनिफिकेसन चर्चको कार्यक्रममा संसदको लोगो प्रयोग भएको छ। संसदको कुन निर्णयबाट लोगो प्रयोग भएको हो। त्यसबारे हामीलाई जानकारी चाहियो,’ प्रतिनिधि सभाको आजको बैठकमा सांसद सिंहले भने,‘संसदको लोगो, सरकारको लोगो जेमा पनि प्रयोग गर्न पाइने हो भने बिहे ब्रतबन्ध जेको पनि निम्तो कार्डमा पनि प्रयोग गर्ने?’

संसदको लोगो प्रयोग गर्न निर्देशन दिने अधिकारीलाई कारवाही हुनु पर्ने उनले माग गरे।

यसैगरी चिनी मिल सञ्चालनमा नआएको भन्दै प्रश्न गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell