PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सुडानमा रोटी र इन्धनको मूल्य बढ्दा विरोध प्रदर्शन: १९ जनाको मृत्यु



सुडानमा रोटी र इन्धनको मूल्य बढ्दा विरोध प्रदर्शन: १९ जनाको मृत्यु
फोटो: ट्विटर/@MAbubakrs

खार्तुम : सुडानमा रोटी र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छ र हालसम्म दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको जनाइएको छ।

सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन्। यस्तै एक सय ८० जना भन्दा बढी प्रहरी घाइते भएका छन्।

गत साता सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीले राष्ट्रपति ओमार अल बासिरको राजीनामा माग्दै उनको दल नेसनल कंग्रेस पार्टीको मुख्यालयमा आगजनी गरेपछि अवस्था प्रतिकुल भएको थियो। खार्तुम शहरमा कर्फ्यु समेत लगाइएको थियो। 

गत साता सुडानमा सरकारले रोटीको मूल्य बढाएको भन्दै विरोध प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको थियो।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ। साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ। उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन्। रासस/एएनआई
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell