PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

रेशम चौधरीको शपथमा कांग्रेसको विरोध, प्रवक्ता शर्माले भने : 'कानुनी राज्यको खिल्ली उडाइयो'



रेशम चौधरीको शपथमा कांग्रेसको विरोध, प्रवक्ता शर्माले भने : 'कानुनी राज्यको खिल्ली उडाइयो'

काठमाडौं: कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यले आज शपथ लिने भए पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसको विरोध जनाएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ दिने तयारी गरी कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाएका छन्।

आज ट्वीटमार्फत प्रवक्ता शर्माले विरोध जनाएका हुन्। उनले ट्वीटमा लेखेका छन्, 'संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मुल बाटो हो। निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उल्लंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ। अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपिलाई ताजपोशी गराउने तयारीले कानुनी राज्यको खिल्ली उडाएको छ!!'
 

राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले ३ बजे शपथ ग्रहण गर्दैछन्। सांसद चौधरीले सचिवालयलाई पत्र लेख्दै शपथ ग्रहण गराउनुपर्ने माग राखेको थिए। प्रहरीको फरार सूचीमा रहेका चौधरी ठूलो मतान्तरसहित विजयी भएका थिए।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। चौधरी अहिले थुनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell