PahiloPost

Mar 23, 2019 | ९ चैत्र २०७५

'विप्लव'को नाममा चन्दा माग्ने तीन जना पक्राउ


'विप्लव'को नाममा चन्दा माग्ने तीन जना पक्राउ

काठमाडौँ: विभिन्न व्यक्तिलाई फोनमार्फत धम्की दिएर चन्दा माग्ने तीन जनलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीवार राजधानीमा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। दैलेख भगवती माई गाउँपालिका ७ का ३१ वर्षीय लोकेन्द्रराज थापा, ३७ वर्षीय केशवबहादुर बुढा र गोरखा सुलिकोट गाउँपालिका ५ का ३१ वर्षीय विकास थापालाई नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए।

उनीहरू तीनै जना नेकपा विप्लप समूहको अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य र हाइड्रो तथा खानीको मजदुर सङ्गठनको केन्द्रीय अध्यक्ष, महासचिव र उपाध्यक्ष हुन्। उनीहरूले विभिन्न व्यक्तिलाई फोन गरी चन्दा माग्ने गरेको र नदिएमा भौतिक कारबाही गर्ने धम्की दिने गरेको पाइएको एसएसपी सिंहले जानकारी दिए।



'विप्लव'को नाममा चन्दा माग्ने तीन जना पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट