PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रियसभामा कांग्रेस सांसदले मागे पर्यटनमन्त्री अधिकारीको राजीनामा



राष्ट्रियसभामा कांग्रेस सांसदले मागे पर्यटनमन्त्री अधिकारीको राजीनामा

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ।

नेपाली काँग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन्। शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर आलेले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमिततासम्बन्धी छानबिन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्कसमेत गरे। 

उनले ४ अर्ब ३५ करोड सो वाईडबडी विमान खरिद प्रकरणका दोषीलाई कार्वाही गर्नुको साटो छानविन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन्।

आलेले वाईडबडि विमान खरिदमा संसदीय उपसमितिले दोषी ठहर्‍याएकाहरुलाई तत्काल कार्वाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। संघीय संसद सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले सो वाइडबडी विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई पनि कार्वाही गर्न सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell