PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

दुई दिने लाटोकोसेरो उत्सव खोटाङको जालपामा 



दुई दिने लाटोकोसेरो उत्सव खोटाङको जालपामा 
फोटो: Friends of Nature

काठमाडौं: यस पटकको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जलापामा हुने भएको छ। लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने मुल नारासहित प्रकृतिका साथीहरु नामक संस्था र नगरपालिकाको वडा १२ को संयुक्त आयोजनामा उत्सव हुन लागेको हो।

उत्सव यही माघ १८ र १९ गते दुई दिनसम्म हुने आयोजकमध्ये प्रकृतिका साथीहरुका राजु आचार्यले जानकारी दिए। कार्यक्रम आयोजनाका लागि ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ विकास राईको संयोजकत्वमा मूल आयोजक समिति गठन भइसकेको छ। 


उत्सवको लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रकृतिका साथीहरु, १ नम्बर प्रदेश सरकार तथा अन्य पालिकाहरु लगायत विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन्।

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचिलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको आचार्यले जनाए। उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत राखिएको छ। नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ७ वर्ष भएको छ। यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखा जिल्लामा सम्पन्न गरिसकिएको छ। यस किसिमको उत्सव नेपालबाहेक अमेरिका र इटालीमा पनि मनाइँदै आएको संस्थाले जनायो। यस वर्षदेखि भारतको पुनेमा पनि मनाउन थालिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell