PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मेक्सिको सीमा विवाद: अमेरिकामा आपतकालीन अवस्था घोषणा गर्ने ट्रम्पको चेतावनी



मेक्सिको सीमा विवाद: अमेरिकामा आपतकालीन अवस्था घोषणा गर्ने ट्रम्पको चेतावनी
फोटो :POLITICO

वासिङट्न: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन तल्लो सदन कंग्रेसको स्वीकृति बिना नै देशभरी आपतकालीन अवस्थाको घोषणा गर्ने ट्रम्पले बताएका हुन्। 

पर्खाल बनाउन आर्थिक सहयोग गर्ने प्रस्तावको विपक्षमा रहेका अमेरिकी सिनेटरहरुसँग वार्तापछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। 
ट्रम्पले पर्खाल लगाउन बजेट विनियोजन नगरे कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने घोषणा समेत गरेका छन्। 

ट्रम्पले संसदले साथ नदिए आफू वर्षौंसम्म सरकारी काम पूर्णरुपले बन्द गराउन तयार रहेकोसमेत बताएका छन्। मेक्सिकोको सीमामा पर्खाल लगाउने विषय र सिरियाबाट सेना फिर्ता बोलाउने ट्रम्प प्रशासनको निर्णयलाई कंग्रेसले स्वीकृत नगरेकाले अमेरिकी सरकारी कार्यालयहरु विगत ३ हप्तादेखि आंशिक रुपमा बन्द छन्। 

गत २२ डिसेम्वरदेखि करिब ८ लाख सरकारी कर्मचारीहरुले तलबभत्ता पाएका छैनन्।

बैठकमा सरकारको कामकाज संचालन गर्न आफूहरु सकारात्मक भए पनि ट्रम्पको अडानका कारण अप्ठेरो पारेको डेमोक्रेटिक नेताहरुले बताए। 

ट्रम्प जसरी भएपनि सीमामा पर्खाल बनाउने अडानमा  छन् भने डेमोक्रेटिक पार्टी भने पर्खाल लगाउन बजेट विनियोजन गर्ने पक्षमा छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell