PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जनवरी २४ मा मलेसियामा नयाँ राजा चयन गरिने, पाहाङका सुल्तान राजा बन्ने सम्भावना



जनवरी २४ मा मलेसियामा नयाँ राजा चयन गरिने, पाहाङका सुल्तान राजा बन्ने सम्भावना
मलेसियाका निवर्तमान राजा सुल्तान मुहम्मद पाँचौं, फोटो : एएफपी

क्वालालम्पुर : मलेसियामा जनवरी २४ मा नयाँ राजा चयन हुने भएको छ। आइतबार मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको घोषणा गरेपछि नयाँ राजा चयन प्रक्रिया सुरु भएको हो।

संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ।

सुल्तान मुहम्मदको गद्दी त्गागसँगै अब पाहाङका सुल्तानको राजा बन्ने पालो रहेको बताइएको छ। उनीपछि जोहोरका सुल्तानको सम्भावना रहेको छ। राजगद्दी खाली भएको एक महिनाभित्रै निर्वाचन मार्फत नयाँ राजा छनौट गर्नुपर्ने प्रावधान रहेको छ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले चाँडै राजा छनौट हुनेमा आशावादी रहेको बताएका छन्। 

आज बसेको 'काउन्सिल अफ रुरल्स'को बैठकले जनवरी २४ मा राजा चयन गर्ने र जनवरी ३१ मा शपथ कार्यक्रम गर्ने निर्णय गरेको हो। 

मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो। २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका ४९ वर्षीय राजा मुहम्मदले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell