PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इरानमा कार्गो विमान दुर्घटना: १५ जनाको मृत्यु, एक जनाको उद्धार



इरानमा कार्गो विमान दुर्घटना: १५ जनाको मृत्यु, एक जनाको उद्धार
फोटो : इरान प्रेस

तेहरान:  इरानको फाथ विमानस्थलमा दुर्घटना भएको बोइङ ७०७ सैनिक कार्गो विमानमा सवार १५ जनाको मृत्यु भएको छ।

१६ जना सवार विमानमा रहेका एक जना 'फ्लाइट इन्जिनियर' मात्र बाच्न सफल रहेको बताइएको छ। उनको हाल अस्पतालमा उपचार भइरहेको छ।

 दुर्घटनामा परेको विमान किर्गिस्तान एयरलायान्सको रहेको बताइएको छ। पहिले विमानमा ९-१० जना मात्र सवार रहेको बताइएको थियो। 

किर्गिस्तानको राजधानी बिसकेकबाट उडेको उक्त विमान इरानको कराज पायम विमानस्थलमा अवतण गर्नुपर्ने थियो। तर पाइलटले भने 'भूलवश' फाथ विमानस्थलमा विमान अवतरण गराउँन खोज्दा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक रिपोर्टहरुले देखाएको इरान प्रेसले जनाएको छ।  

 

इरानको मध्यभागमा रहेको कराज फाथ विमानस्थल नजिकै रहेको बताइएको छ।

विमान अवतरण गराउन खोज्दा पाइलटले नियन्त्रण गुमाउन पुगेको र विमान रनवेबाट बाहिर गएर मानव वस्ती रहेको स्थानमा गएर ठोक्किन पुगेको बताइएको छ। दुर्घटनाका कारण धेरै घरहरुमा समेत क्षति भएको छ। 

हालसम्म सात जनाको मृत शरीर फेला परेको बताइएको छ। मृतकहरुका बारे केही जानकारी सार्वजनिक गरिएको छैन। 

घटनाबारे थप अनुसन्धान भइरहेको र दुर्घटनास्थलमा हेलिकप्टर र उद्धार टोलीहरु परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell