PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुरक्षा, सुशासन र विकासमा असफल भएपछि प्रधानमन्त्री संसद र प्रतिपक्षबाट भाग्दै हिँडेको कांग्रेस पौडेलको आरोप



सुरक्षा, सुशासन र विकासमा असफल भएपछि प्रधानमन्त्री संसद र प्रतिपक्षबाट भाग्दै हिँडेको कांग्रेस पौडेलको आरोप

चितवन: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संसद र प्रतिपक्षसँग भाग्दै हिडेको आरोप लगाएका छन्। चितवनको मंगलपुरमा विश्वप्रकाश माविको भवन शिलान्यास कार्यक्रममा वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन, सुरक्षा र विकास विथोलिएको भन्दै यो सामना गर्न नसकेर प्रधानमन्त्री संसद र प्रतिपक्षबाट भाग्न लागेको आरोप लगाए। पौडलले भने, ‘सरकारले तीनवटा मुख्य काममा ध्यान केन्द्रीत गर्नुपर्नेमा तीनै काममा असफल भएको छ। सुरक्षा विकास र सुशासन सरकारले ध्यान दिनुपर्ने विषय हुन तर सरकार यी तीनै विषयमा असफल भइसक्यो।’

वरिष्ठ नेता पौडेलले बर्तमान कम्युनिष्ट पार्टीलाई काम सुवर्ण अवसर पाएको उल्लेख गर्दै भने, ‘यो सरकारले काम गर्ने सुवर्ण अवसर पाएको छ। कांग्रेस जस्तो भद्र र अनुसाशित प्रतिपक्ष पाएको छ। कम्युनिष्ट सरकारले काम गर्ने बेला हो। वातावरण पनि अनुकुल छ।’

उनले काम गर्ने सुवर्ण अवसर पाएपनि कम्युनिष्ट सरकार देशलाई सुशासन दिने काम गर्न नसकेको बताए। पौडेलले भने, ‘झन अहिले हरेक क्षेत्रमा भ्रष्टचारका काण्डहरु बाहिर आएका छन्। शान्ति सुरक्षाको अवस्था पनि त्यस्तै छ। सरकार मुलुकलाई विकास दिन होइन भएका योजना भत्काउन लागेको छ। प्रधानमन्त्री संसद र प्रतिपक्षसँग भाग्दै हिड्नुभएको छ।’

वरिष्ठ नेता पौडेलले कम्युनिष्ट पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका कारण विकास हुन नसकेको भन्ने अभिव्यक्तिप्रति आपत्ती जनाउदै भने, ‘कम्युनिष्ट पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका कारण विकास हुन नसकेको भन्दै हुनुहुन्छ। लोकतन्त्र नभएको भए ठ्यामका ठ्याम विकास हुन्थ्यो भन्नुहुन्छ। उहाँले १० वर्षे द्वन्द्वमा ठ्यामका ठ्याम गरेर मुलुकको विकासलाई अस्तव्यस्त बनाउनुभयो।’

पौडेलले स्तरिय र प्राविधीक शिक्षा आजको आवश्यकता भएको बताउदै शिक्षा र स्वास्थ्यलाई राज्यले आफ्नो दायित्वका रुपमा लिनुपर्ने स्पष्ट पारे। उनले स्थानीय सरकार वा जनताको भरमा शिक्षा र स्वास्थ्य छोड्न नमिल्ने पनि तर्क पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell