PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

मेक्सिकोमा पेट्रोलियम पदार्थको पाइपलाइनबाटै तेल चोर्न क्रममा विस्फोट हुँदा २१ जनाको मृत्यु



मेक्सिकोमा पेट्रोलियम पदार्थको पाइपलाइनबाटै तेल चोर्न क्रममा विस्फोट हुँदा २१ जनाको मृत्यु
फोटो : AFP

मेक्सिको सिटी: मेक्सिकोमा जमिनमुनि बिछ्याइएका पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।  मेक्सिको शहरको लाहुएलिवानमा भएको उक्त विस्फोटका कारण ७१ जना गम्भीर घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

 पेट्रोलियम पाइपलाइनमा हानी हुने गरी मेक्सिकोमा तेल चोर्ने धेरै समूहहरु सक्रिय रहेका छन्। उनीहरुले गैर कानूनी रुपमा पाइपलाइपमा धाराहरु राखी तेल चोर्ने गरेका छन्।

मेक्सिकोमा केही साताअघि मात्रै राष्ट्रपति बनेका म्यनूल लोपेज ओबराडोरले पाइपलाइनलाई असरहुने गरी चोरी गर्ने समूहमाथि विशेष अभियान संचालन गर्ने भनेको सेरोफेरोमा यो घटना भएको बताइएको छ।

२०१८ को १० माहिनामा १२ हजार ५८१ पटक पाइपलाइनमा गैरकानूनी रुपमा खतरनाक ढंगले धारा जडान भएको थियो।

चोरी गर्ने समूहहरुलाई स्थानीयहरुले साथ दिने गरेको पाइएको छ। चोरहरुलाई सहयोग गरेर वा चुहावत भएका तेलहरु लिन लाइन बसेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पेट्रोलियम चोरीमा स्थानीहरु सहभागी हुने गरेको बताइएको छ।

पाइपलाइन विस्फोटका घटनाहरु पहिला पनि भएका थिए। यद्यपि यतिधेरै मानिसको मृत्यु हुने गरि यस्तो घटना बिरैले हुने बताइएको छ। मानिसहरु बोटल,प्लास्टिक जग, गार्बेज क्यान लगायत सामाग्री लिएर तेल भर्न आएको बेला अचानक विस्फोट भएकाले धेरै संख्यामा मानविय क्षति भएको हो।

शुक्रवार मेक्सिकोको अर्को शहर क्यूउरेटारोमा पनि पाइपलाइनमा असावधानी पूर्वक राखिएको धाराका कारण पाइपलाइन विस्फोट भएको प्रहरीले जनाएको छ। तर त्यस क्षेत्रमा मानव वस्ती धेरै नभएकाले धेरै क्षति भने नभएको बताइएको छ। २०१९ मा पनि तेल चोर्ने समूहहरुले पाइपलाइनमाथि जथाभावीरुपमा धारा बनाएर तेल चोर्नेक्रममा भएको विस्फोटमा १३ बालबालिका सहित २८ जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell