PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुडान सरकारद्वारा ३८ जना पत्रकारविरुद्ध पक्राउ पूर्जी जारी, झुटा समाचार सम्प्रेषण गरेको आरोप



सुडान सरकारद्वारा ३८ जना पत्रकारविरुद्ध पक्राउ पूर्जी जारी, झुटा समाचार सम्प्रेषण गरेको आरोप
फाइल फोटो: AFP

खार्तुम: सुडान सरकारले ३८ जना पत्रकारविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पूर्जी जारी हुनेहरुमा २८ जना सुडान बाहिरका पत्रकार र अधिकारकर्मी रहेको बताइएको छ।

सुडानमा सरकारले पाउरोटीको मुल्य बढाएकोप्रति असन्तुष्टि जनाउँदै गत डिसेम्बरदेखि आन्दोलन भइरहेको छ। मुल्यबृद्धिविरुद्ध सुरु भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सुडानका राष्ट्रपति ओमर अल बसिरको राजीनामा माग गरिरहेका छन्।

आन्दोलनमा गलत समाचार सम्प्रेषण गरेको आन्दोलनकारीहरुलाई उक्साउन सहयोग गरेको आरोपमा उनीमाथि लगाइएको अलजजिराले जनाएको छ।

पत्रकारहरुले उक्त आन्दोलनका समाचार, तस्विर र भिडियोहरु प्रसारण गर्न धेरैजसो सामाजिक संजालको सहयोग लिने गरेका छन्।

सुडानी संचारमाध्यमहरुका अनुसार सरकारी वकिल कार्यालयले उनीहरुलाई देशको संविधान र मुलुकी ऐन र साइबर क्राइम कानुनी उल्लंघन गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको हो।

विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका विषय वस्तुहरुले शान्तिपूर्ण वातावरणलाई हिंसात्मक बनाउन भूमिका खेलेको, आन्दोलनकारीहरुलाई उक्साएको, झुटा समाचार फैलाएको, राष्ट्रिय व्यक्तित्व र  व्यवसायिक घरानाका मानिसहरुको चरित्र हत्या गरिएको सरकार पक्षले दाबी गरेको जनाइएको छ।

आन्दोलनका क्रममा अहिलेसम्म २५ जनाभन्दा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

यता, सुडानका राष्ट्रपति बसिरले भने अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दावी गरेका छन्। सुडान सरकारले पाउरोटीको मूल्यवृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको थियो। यस्तै इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell