PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यस्तो देखियो सन् २०१९ को पहिलो पूर्ण चन्द्र ग्रहण 'सुपर ब्लड उल्फ मुन'

यस्तो देखियो सन् २०१९ को पहिलो पूर्ण चन्द्र ग्रहण 'सुपर ब्लड उल्फ मुन'


उत्तर र दक्षिण अमेरिकी राष्ट्रहरु, युरोपको पश्चिमी राष्ट्र र बेलायतको केही क्षेत्रबाट आइतवार राति दुर्लभ पूर्ण चन्द्र ग्रहण देखियो।

'सुपर ब्लड उल्फ मुन' भनिएको यो चन्द्र ग्रहणको समयमा चन्द्रमा पुरै रातो भएको थियो भने सामान्य अवस्थामा भन्दा पृथ्वीबाट नजिक देखिएको थियो।

पृथ्वीको सबैभन्दा नजिकबाट ठूलो चन्द्रमा देखिने भएकाले यसलाई 'सुपर मुन' भन्ने गरिन्छ। जनवरीमा चन्द्रमालाई 'उल्फ मुन' भनिने हुँदा यस चन्द्र ग्रहणलाई 'सुपर ब्लड उल्फ मुन' ' भनिएको हो।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पुग्दा यस प्रकारको ग्रहण लाग्ने बताइएको छ। यस अवस्थामा सूर्य पृथ्वीको पछाडि रहेको हुन्छ भने चन्द्रमा पृथ्वीको छाँयासँगै चलेको हुन्छ।

अर्को पूर्ण चन्द्र ग्रहण अब सन् २०२१ मे २६ तारिखमा देख्न सकिनेछ।

जर्मनीबाट देखिएको 'सुपर ब्लड उल्फ मुन'
स्पेनको मड्रिडबाट देखिएको पूर्ण चन्द्र ग्रहण
क्यालिफोर्नियाको सान डियगोबाट देखिएको दृश्य
वासिङटनबाट देखिएको चन्द्र ग्रहण
लिभरपुलबाट बादलले चन्द्रमा आंशिक रुपमा ढाकिएको बेला कैद गरिएको तस्विर


ट्रेन्डिङ पोस्ट

Ncell