PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

संसदीय सुनुवाइ समितिबाट तीन राजदूत अनुमोदित



संसदीय सुनुवाइ समितिबाट तीन राजदूत अनुमोदित

काठमाडौँ: संसदीय सुनुवाइ समितिबाट तीन देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ।

आज बसेको समितिको बैठकले स्वीट्जरल्याण्डका लागि प्रस्तावित मणिप्रसाद भट्टराई, क्यानाडाका लागि प्रस्तावित भृगु ढुंगाना र कुवेतका लागि प्रस्तावित दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो।

सरकारले पुस ६ गतेको मन्त्रिपरिषदबाट सिफारिस गरेका पाँचमध्ये दुई राजदूतको सुनुवाइ सम्पन्न भइसकेको छ। माघ ३ गते थाइल्याण्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न भएको थियो। दुबै राजदूतलाई समितिले अनुमोदन समेत गरिसकेको छ। समितिले थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाल र फ्रान्सका दीपक अधिकारीको नाम अनुमोदन गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell