नयाँ दिल्ली : भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धी र भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका गान्धी वाड्रा सक्रिय राजनीतिमा प्रवेश गरेकी छिन्।
भारतमा २०१९ मा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतीय कांग्रेस पूर्वी उत्तर प्रदेशको महासचिवमा प्रियंकालाई नियुक्त गरिएको छ।
यसैसँग उनले उत्तर प्रदेशको चुनावी नेतृत्व गर्न सक्ने बताइएको छ।
यो भन्दा पहिला कांग्रेसका लागि चुनावी अभियानमा सहभागी भएता पनि प्रियंकाले कांग्रेसभित्र महत्वपूर्ण पदमा रहेर काम गरेकी थिइनन्। प्रियंकालाई कांग्रेसको स्टार प्रचारकका रुपमा हेरिएको छ।
गएको निर्वाचनमा प्रियंकाले उनका भाइ (हाल भारतीय कांग्रेसका अध्यक्ष) राहुल गान्धी र उनकी आमा सोनिया गान्धीका लागि अमेठी र राय बरेलीको चुनावी अभियानको नेतृत्व गरेकी थिइन्। कांग्रेसले उक्त निर्वाचनमा नराम्रो पराजय भोगे पनि राहुल र सोनिया निर्वाचित भएका थिए।
वाड्राले फ्रेबुअरीको पहिलो सातादेखि महासचिवको कार्यभार सम्हाल्ने बताइएको छ।
प्रियंकालाई भारतीय कांग्रेसभित्र राहुल गान्धीभन्दा सक्षम नेतृत्वकर्ताका रुपमा लिने गरिन्छ।