PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कसले गर्ला युएई विरुद्ध नेपालको ओपनिङ?



गोविन्दराज नेपाल

कसले गर्ला युएई विरुद्ध नेपालको ओपनिङ?
युएईमा प्रशिक्षणका क्रमम पवन सर्राफ र ज्ञानेन्द्र मल्ल

काठमाडौँ : नेपालले आफ्नो दोस्रो ओडिआई सिरिज अन्तर्गत युएई विरुद्ध शुक्रवार पहिलो खेल खेल्दैछ। गत मार्चमा ओडिआई मान्यता पाएको नेपालले अगष्टमा नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेको थियो।

बराबरीमा सकिएको दुई खेलको उक्त सिरिजमा नेपालले दोस्रो खेल १ रनले जितेको थियो।

यस पटक नेपालले युएईसँग उसैको घरेलु मैदानमा ३ खेलको ओडिआई र समान खेलको टी२०आई सिरिज खेल्दैछ।

तर युएई विरुद्ध सिरिजको पहिलो खेल खेल्नुअघिसम्म पनि नेपाली टिमको ओपनिङ कसले गर्ला भन्ने अन्यौल अझै कायम छ। किनकी ६ महिनाअघि नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले दुई खेलमा फरक ओपनिङ जोडीलाई खेलाएको थियो।

त्यसबेला टिममा रहेर ओपनिङ गरेका दुई खेलाडी अहिले टिममा छैनन् भने कप्तान पारस खड्काले पनि ओपनिङ गर्ने सम्भावना रहेको विषयले समेत चर्चा पाएको छ।

नेदरल्याण्ड्स विरुद्ध पहिलो ओडिआईमा उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल शाहले ओपनिङ गरेका थिए भने दोस्रो खेलमा ज्ञानेन्द्रसँग सुवास खकुरेलले ओपनिङ गरे। यस पटक अनिल र सुवास टिममा छैनन्। त्यसैले पनि ज्ञानेन्द्रको जोडीको रुपमा कसले ओपनिङ गर्ने भन्ने निश्चित भइसकेको छैन।

युएई जानुअघि नेपालका प्रशिक्ष जगत टमाटाले ओपनिङमा नेपालसँग धेरै अप्सन रहेको बताएका थिए। उनले नयाँ अनुहारको रुपमा पहिलो पटक राष्ट्रिय टिमामा रहेका अलराउण्डर पवन सर्राफले पनि ओपनिङ गर्ने सम्भावना बारे बताएका थिए। 'हामीले तयारी गरिरहेका छौँ। हामीसँग ओपनिङका लागि अप्सनहरु छ। पवन सर्राफले पनि ओपनिङ गरिराह। विनोद र प्रदिप पनि छन्। पवनलाई दुवै फर्म्याटमा प्रयोग गर्न सकिन्छ।'

यस्तै कप्तान पारस खड्का स्वयंले पनि मिडर अर्डरमा अहिले धेरै खेलाडीहरु रहेका कारण आवश्यक परे आफू ओपनिङ गर्न तयार रहेको बताएका थिए। खड्काले ओपनिङ कसले गर्ने भन्दा पनि अन्त्यमा रिजल्ट नै महत्वपूर्ण हुने भएकाले जितका लागि खेल्नुपर्ने र रन बनाउनुपर्ने जिम्मेवारी सबैसँग रहेको बताएका छन्। प्रशिक्षक टमाटाले भने पासले टी-२० मा मात्र ओपनिङ गर्ने सम्भावना रहेको बताएका थिए।

नियमित ब्याट्सम्यान शरद भेषावकरको अनुपस्थित र ओपनिङको समस्या यस पटक नेपालको लागि टाउको दुखाई बन्न सक्छ। तर चार नयाँ अनुहारले एकै पटक टिममा स्थान बनाएकाले यस पटक नेपालको पहिलो रोजाईँको टिममा फेरबदल हुन सक्ने सम्भावना पनि छ।

शरदसँगै फास्ट बलर ललित भण्डारी पनि टिममा छैनन्। जसले गर्दा ओपनिङको एक स्थान, शरदको स्थान र फास्ट बलिङमा नयाँ खेलाडीले अवसर पाउन सक्नेछन्।

प्रशिक्षक टमाटाले भनेजस्तै ज्ञानेन्द्रको जोडीको रुपमा युवा खेलाडी पवन वा प्रदिप ऐरीले ओपनिङ गर्ने सम्भावना पनि छ।

यस्तै प्रशिक्षक टमाटाले नेपाली ब्याटिङको मिडल अर्डर र लोअर मिडल अर्डर राम्रो भएकाले ओपनिङमै विशेष ध्यान दिइरहेको बताएका थिए। 'हामीले त्यसमै तयारी पनि गरेका छौँ। अब क्लिक हुने वा नहुने भन्ने हो।'

उनले बोलेर भन्दा पनि मैदानमा खेलेर नतिजा ल्याउनु मुख्य कुरा रहेको र सबैले राम्रो क्रिकेट खेलेमा युएई विरुद्ध सिरिज जित्न सकिने बताए।

यसैबीच कप्तान पारस खड्काले एकदीवसीयमा आफूले ओपनिङ नगर्ने बताएका छन्। युएईमा प्रशिक्षणका क्रममा पारसले आफू तेस्रो नम्वरमा ब्याटिङ गर्ने बताएका हुन्।

यस्तै नेपालमै तयारीका क्रममा नेपाली टोलीका ब्याटिङ कन्सलंट्यान्ट उमेश पटवालले दिपन्द्र सिंह ऐरीले चौथो नम्वरमा मात्र ब्याटिङ गर्ने बताएका थिए।

युएई विरुद्धको नेपालको सम्भावित ११:

पवन सर्राफ, ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, भिम शार्की/आरिफ शेख, विनोद भण्डारी/प्रदिप ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, बसन्त रेग्मी, सन्दीप लामिछाने

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell