PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

सार्वजनिक सवारी साधनभित्र अश्लील क्रियाकलाप गर्ने पुरुषविरुद्ध उजुरी दर्ता, खोजी सुरु



सार्वजनिक सवारी साधनभित्र अश्लील क्रियाकलाप गर्ने पुरुषविरुद्ध उजुरी दर्ता, खोजी सुरु

काठमाडौँ : सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। 


शुक्रबार बिहान महानगरीय अपराध महाशाखामा पुगेर विभिन्न संघसस्थामा आवद्ध महिलाहरुले लिखित उजुरी दिएका हुन्। ती पुरुषका भिडियोहरु सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। 


पुरुषको खोजी सुरु गरिसकेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। उनले भने,’ हामीले समाचार आएसँगै खोजी गरिरहेका थियौं। हामी खोजी गरी कारबाहीको दायरामा ल्याउँछौं। यस्तो व्यक्तिको बारेमा केही जानकारी भए खबर गर्नुहोला।‘


मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। १० वर्षभन्दामाथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचार प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन तथा अश्लील इशारा गर्न पनि नहुने उल्लेख छ।


यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।


महानगरीय प्रहरी कार्यालयले पनि घटनाबारे अनुसन्धान सुरु गरेको छ। 


अपराध महाशाखाले सार्वजनिक बसभित्र यस्तो कुकृत्य गर्नेबारे केही जानकारी भए नेपाल प्रहरीको १०० वा महाशाखाको ९८५१२८३०३२ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

सोसल मिडियामा भाइरल बस काण्ड : प्रहरीले अश्लील हर्कत गर्ने युवकको खोजी थाल्यो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell