काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बल प्रयोग गरी पारित गराएको र संबैधानिक आयोगका अध्यक्षहरुको नियुक्ती एकलौटी गरेको भन्दै भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो।
आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिले २१ गते देशका ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले पहिलोपोस्टलाई जानकारी दिए।
उनका अनुसार भोलिको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसले विरोध जनाउनेछ। कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पुनः बस्नेछ।