PahiloPost

Sep 17, 2024 | १ असोज २०८१

प्रचण्डपत्नी सीता अस्पतालबाट डिस्चार्ज



प्रचण्डपत्नी सीता अस्पतालबाट डिस्चार्ज
फोटो: facebook.com/prachanda.nepal

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। यही माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पतालमा उनको भाइरल ज्वरोको उपचार भइरहेको थियो।
 
उनको स्वास्थ्यमा सुधार आएपछि आज मध्याह्न घर फिर्ता गराइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार सामान्य कक्षमा सीताको निगरानीपछि स्वास्थ्यमा सुधार देखिएपछि आज निवास फर्केकी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell