PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चिनीको भन्सार बढाउन र उखुको मुल्यमा एकरुपता ल्याउन समितिको निर्देशन



चिनीको भन्सार बढाउन र उखुको मुल्यमा एकरुपता ल्याउन समितिको निर्देशन

काठमाडौं: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले वल्ड ट्रेड अर्गनाइजेसनको प्रावधानअनुसार चिनीको भन्सार शुल्क बढाउन सरकारलाई निर्देशन दिएको छ। उक्त प्रावधानमा ६० प्रतिशतसम्म भन्सार कर लगाउन सक्ने प्रावधान छ। त्यसैगरी उखुकिसानको भुक्तानी गराउन उखुको मुल्यमा एकरुपता ल्याउन निर्देशन दिएको छ। 

चिनीको मुल्य निर्धारण गर्न पनि उद्योग अपुर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले उक्त निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले पहिलोपोस्टलाई बताए। बैठकमा अपुर्ति मन्त्री र सचिवलगायतका पदाधिकारी सहभागी थिए। सभापति श्रीवास्तवका अनुसार उद्योगिहरुले आफ्नो देशको चिनी उत्पादन गर्न छाडी बिदेशी चिनी भित्राएकोले उखु किसान मारमा परेकोले भन्सार कर वृद्धि गर्दा चिनी आयतमा कमी आउने र स्वदेशी उत्पादमा वृद्धि हुने भएकोले भन्सार वृद्धिमा जोड दिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell