PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित, यस्तो थियो आजको कार्यतालिका



कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित, यस्तो थियो आजको कार्यतालिका

काठमाडौं: प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि स्थगित भएको छ। कांग्रेस सांसद मीनेन्द्र रिजालले कांग्रेसको भनाई राखेपछि चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको अवस्था र गोविन्द केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसले सदन अघि बढ्न नसक्ने भन्दै सदन अवरुद्ध गरेको हो।

सभामुख कृष्णबहादुर महराले सरकारले कांग्रेसले उठाएका दुई अस्पतालको माग पुरा भइसकेको अवस्थामा कांग्रेसका सांसदहरु भने उभेर विरोध जनाइरहे। त्यही समयमा नेकपाका सांसद विरोध खतिवडाले बोल्ने समय माग गरेपछि संसदमा हाँसो फैलिएको थियो। 

सभामुखमा सभाको अनुहार देखिनुपर्नेसमेत कांग्रेसले माग गरेको छ। कांग्रेस सांसद रिजालले भने, 'चिकित्सा शिक्षा विधेयक परिमार्जन गरी केसीको जीवनरक्षा गर्नुपर्छ। संवादको बाटोमा अगाडि बढौं। सत्ताले हामीलाई सहयोग गरोस। यस्तो  वातावरण नबनेसम्म प्रतिनिधिसभाको कारबाही अगाडि बढ्न सक्दैन।' रिजालको भनाईपछि कांग्रेसका सांसदहरु उभिरहे।

बैठक आइतवार ३ बजे बस्ने गरी स्थगित भएको छ।

आजको कार्यतालिका यस्तो 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell