PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

चिकित्सा शिक्षा विधेयकको विरोधमा भोलि देशभरका अस्पतालका आकस्मिकबाहेक अन्य सेवा एक घण्टा बन्द 



चिकित्सा शिक्षा विधेयकको विरोधमा भोलि देशभरका अस्पतालका आकस्मिकबाहेक अन्य सेवा एक घण्टा बन्द 

काठमाडौं: नेपाल चिकित्सक संघले भोलि शुक्रवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सेवा १ घण्टा बन्द गर्ने निर्णय गरेको छ।
 
डाक्टर गोविन्द केसीसँग गरिएको सम्झौता विपरित राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि संघले यस्तो निर्णय गरेको हो।

यसअघि चिकित्सक संघले शिक्षण अस्पतालमै डाक्टर केसीको जीवनरक्षा गर्न माग राख्दै रिले अनशन बसेको थियो।


संघले तत्काल डाक्टर केसीसँग वार्ता गरेर उनको माग पुरा नगरे यो भन्दा कडा आन्दोलन गर्ने जनाएको छ। डा केसी २३ दिनदेखि अनशनरत छन्। उनको स्वास्थ्य अवस्था नाजुक रहेको उपचारमा संग्लग्न चिकित्सकहरुले जनाएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell