PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सरकार संसारलाई चकित बनाउने काममा लागिरहोस्, सरकारलाई चकित पार्ने पालो अब कांग्रेसको: गगन थापा



सरकार संसारलाई चकित बनाउने काममा लागिरहोस्, सरकारलाई चकित पार्ने पालो अब कांग्रेसको: गगन थापा

काठमाडौं: लामो समयदेखि अवरोध पछि आजबाट प्रतिनिधि सभा सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विरोधका बाबजुद केही दिन सदन चलेको थियो। तर आजबाट विना अवरोध सदन चल्न सुरु भएको छ।

डा.गोविन्द केसीको माग र कांग्रेसका नेताहरुको नाममा रहेका अस्पतालहरुका विषयमा कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो।

कांग्रेस नेताहरुको नाममा रहेको अस्पतालहरु केन्द्रकै मातहतमा ल्याए पछि र डा.केसीले अनशन तोडेपछि आजबाट कांग्रेसले सदन खुलाएको हो।

आजको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका तर्फबाट नेता गगन थापाले पार्टीको धारणा राख्दै सदन खुलाउने जनाएका हुन्।

सदन खुलाउने विषयमा सरकार चिन्तित नभएको बताउँदै थापाले आफूहरु जिम्मेवार भएकोले सदन खुलाएको बताएका छन्।

‘सरकारलाई चिन्ता छैन सदन चलाउने विषयमा तर हामीलाई चिन्ता छ। हामी जिम्मेवारी भएर अगाडि बढ्दै छौं। हामी जवाफदेही राजनीति गर्छौ।’ थापाले संसदमा भने, सदन चल्नछ तर हाम्रो सम्बन्ध हिजोको जस्तो रहँदैन। हामीसँग सदनमा जस्ता व्यवहार गरिएको छ। त्यो व्यवहार एउटा दुईवटा घटनाबाट हामी विर्सिन सक्दैनौं। हामी सम्झि रहने छौं।’


‘सरकारले जे व्यवहार गरेको छ त्यो अनुसार सरकारलाई ठिक पार्ने पनि छौं।’ थापाले भने,‘सरकार संसारलाई चकित बनाउने काममा लागिरहोस्प्रतिपक्षी कहाँ छ भनेर देखाउँछ। सरकारलाई आश्चर्य चकित पार्ने पालो अब हाम्रो।’

भेनेजुएला सन्दर्भ इंगित गर्दै थापाले भने ‘सरकारले जहाँ बोल्नु पर्ने त्यहाँ बोल्दैन, जहाँ नबोल्नु पर्ने त्यहाँ बोल्छ।’ 

उनले सरकारको कामहरुको आलोचनासमेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell