काठमाडौं: शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिले समितिलाई प्रतिवेदन बुझाएको छ। उपसमितिले विभिन्न २० वटा अस्पतालसँग ब्रिफ्रिङ गरेर तयार पारेको प्रतिवेदन समितिलाई बुझाएको हो। उक्त उपसमितिले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गर्छ। खगराज अधिकारीको संयोजकत्वमा गत मंसिरमा यो उपसमिति गठन भएको थियो।
उपसिमतिले स्वास्थ्य क्षेत्र सुधार गर्न सरकारलाई २७ बुँदे सुझाव दिएको छ। सुझावमा अस्पताल, एम्बुलेन्स, फार्मेसी सुधार गर्नु पर्ने कुराहरु अटाएको छ। त्यस्तै स्वास्थ्य संसथामा काम गर्ने स्वास्थ्यकर्मीको हकहितको लागि पनि सुझाव दिइएको छ।