PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग



राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं: राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। आजको बैठकमा सरकारले आफू अनुकुलका विषयमा मात्रै संसदीय सर्वोच्चताको कुरा गर्ने गरेको भन्दै अधिकारीले प्रतिवेदन सार्वजनिक नभएको प्रति आपत्ति जनाए। 

उनले छलफल नगरी आयोगले बुझाएको प्रतिवेदनलाई आधार बनाएर कानुन ल्याइयो भने आफूहरुलाई त्यो मान्य नहुने भन्दै आयोगको प्रतिवेदनमाथि सदनमा छलफल चलाउन माग गरे। सरकारले यसपटक पनि शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउने प्रयास गर्यो भने त्यसको शसक्त प्रतिकार गर्ने चेतावनीसमेत दिए। अधिकारीले आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नका लागि सरकारलाई रुलिङ गर्न सभाध्यक्षसँग मागसमेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell