PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'म त पास भएँ', फोटोमा हेर्नुस् आधारभूत तालिमको दीक्षान्त समारोह

'म त पास भएँ', फोटोमा हेर्नुस् आधारभूत तालिमको दीक्षान्त समारोह


काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा मंगलवार आयोजित विशेष समारोहबीच प्रतिष्ठानमा सञ्चालित १७८ औँ समूह प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ।

प्रधानमन्त्री ओलीले कवाज निरीक्षण गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गरेका थिए। पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूमा तालिममा प्रथम कमल क्षेत्री, द्वितिया कुशराम कार्की,  तृतिया विष्णुबहादुर बस्नेत, अध्ययन प्रथम कमल क्षेत्री, कवाज प्रथम सुशील थापा, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रदीप सुवेदी, चाँदमारी प्रथम शेखर कुमार साह रहेका छन्।

८३ जना पूरुष र १२ महिला गरी कुल ९५ जना प्रहरी निरिक्षक दीक्षान्त भएका थिए। नेपाल प्रहरीले प्रहरी निरीक्षकका लागि १८ महिनाअवधिको आधारभूत प्रशिक्षण दिँदै छ।



ट्रेन्डिङ पोस्ट

Ncell