PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जनयुद्ध दिवस समारोहमा प्रधानमन्त्री पनि आउने कुरा थियो, नगरी नहुने कामले आउन सक्नुभएन: प्रचण्ड



जनयुद्ध दिवस समारोहमा प्रधानमन्त्री पनि आउने कुरा थियो, नगरी नहुने कामले आउन सक्नुभएन: प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुम्बाराहीमा आयोजित जनयुद्ध दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने तयारी रहेको बताएका छन्। यद्यपि सरकारको नयाँ कार्यक्रम घोषणाले गर्दा आइनपुगेको प्रचण्डले बताए।

शहीदहरुलाई माल्यार्पण गरेपछि प्रचण्डले भने, 'ओली पनि आउने कुरा थियो। सरकार गठन भएको एक वर्ष भएको र यतिवेला नगरिनहुने कामले गर्दा उहाँ आउन सक्नुभएन। निर्णय हामी दुई अध्यक्षको साझा हो। त्यसैले भर्खर म र महासचिव(विष्णु पौडेल) बालुवाटारबाट आयौ।'

जनयुद्ध दिवसले भावनात्मक एकता गराएको र नयाँ एकताको आधार बनाएको उनले बताए। भने, 'यो हामीले निरन्तर मनाउँदै आएका छौ। यसले भावनात्मक एकता र नयाँ एकताको आधार बनाएको छ।'

पार्टी एकता कार्यमा ढिलाई हुँदा केही शंका बढेको उल्लेख गर्दै प्रचण्डले एकै केन्द्रमा गोलबद्ध हुन कम्युनिष्ट पार्टीहरुलाई आग्रहसमेत गरे। भने, 'पार्टी एकताको कार्यमा ढिलाइ हुँदा उत्पन्न शंका गर्न सहयोग गरेको छ। अब छिट्टै एकताका बाँकी काम पूरा भएर जाने अभियान चलाउने छौँ। सबै समूहका साथीहरु कन्फ्युजन र ईलुजनलाई छोडेर आउनुस हामी एउटै केन्द्रमा गोलबद्ध हौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell