PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बंगलादेशमा सयौं लागू औषध तस्करद्वारा आत्मसमर्पण



बंगलादेशमा सयौं लागू औषध तस्करद्वारा आत्मसमर्पण
फोटो : Al Jazeera

ढाका : साधरण जीवनमा फर्कने वाचा गर्दै बंगलादेशका सयौं औषध तस्कर र व्यापरीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

फिलिपिन्सको 'नारकोटिक क्रयाक डाउन' को मोडल अनुरुप बंगलादेशमा यो अभियान संचालन गरेको बताइएको छ। गत वर्षको मे महिनादेखि सुरु भएको अपरेशन अन्तर्गत ३०० जनाको मृत्यु भइकेको छ भने  २५ हजार भन्दा बढी ब्यक्तिलाई पक्राउ गरिएको छ।

'याबा' नाम गरेको शक्तिशाली तर सस्तो लागू औ‍षध मेथाफेटामिन चक्कीहरु बंगलादेशमा व्यापक व्यापार भइरहेको अवस्थामा गत वर्षदेखि लागू औषध विरुद्ध त्यहाँको सरकारले 'युद्ध' नै सुरु गरेको थियो।

आत्मसमर्पण गर्नेहरुमा लागू औषधका नाइके मानिने ७४'  गड फाडर' हरु समेत रहेको बताइएको छ। उनीहरुले बंगलादेशका गृहमन्त्री असडुजजामन खानको उपस्थितिमा आत्मसमर्पण गरेको बताइएको छ।

थाइल्यान्डमा 'क्रेजी मेडिसिन' भनेर चिनिने ३ लाख ५० हजार 'याबा' का चक्कीहरु र गैर कानूनी रुपमा राखिएका हात हतियारहरु प्रहरीलाई बुझाएका थिए।

कार्यक्रममा गृहमन्त्री खानले आत्मसमर्पण गर्ने सबैलाई सामान्य जीवनमा फर्कन दोस्रो मौका दिएको बताएका थिए। उनले आत्मसमर्पण नगरेकाहरुले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी समेत दिए।

प्रधानमन्त्री शेख हसिनाले लागू औषधविरुद्ध शून्य सहनशिलता अपनाउने घोषणा गरेपछि बंगलादेशमा तस्कर विरुद्ध प्रहरीले कडा कारवाही संचालन गरिरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell