A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699501d717d4f2.64051434): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699501d717d4f2.64051434,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699501d71be930.88113706): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699501d71be930.88113706,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अधिनायकवादलाई परास्त गर्‍यौँ अब गरिबी र पछ्यौटेपनलाई परास्त गर्नु छ : प्रम ओली
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

अधिनायकवादलाई परास्त गर्‍यौँ अब गरिबी र पछ्यौटेपनलाई परास्त गर्नु छ : प्रम ओली



अधिनायकवादलाई परास्त गर्‍यौँ अब गरिबी र पछ्यौटेपनलाई परास्त गर्नु छ : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेको नेपाल अहिले गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध अगाडि बढेको बताएका छन्। उनले आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा नेपाल अग्रसर रहेको बताए।

उनले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ-आफ्नो स्थानबाट योगदान पुर्‍याउन आह्वान गरे।

७९ औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अबको यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, 'हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्र्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ। परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन्। हाम्रो जिम्मेवारी पनि बदलिएको छ।'

उलने सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बतउँदै स्वदेश र त्यसका लागि विदेशका लगानीकर्ताहरुलाई आकर्षित गर्न लगानी सम्मेलनको तयारी रहेको बताए।

प्रधानमन्त्री ओलीले सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताए। 'हामी हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिबद्ध छौँ,' उनले अगाडि भने, 'प्रजातन्त्रको लागि भएको लामो सङ्घर्षका क्रममा हामी नेपालीले जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गर्‍यौँ। प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफूलाई बलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु।

उनले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको, द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको भन्दै आफ्ना समस्या आफैँ हल गर्नसक्ने क्षमता प्रदर्शित भएको बताए।

विसं २००७ फागुन ७ गते आजकै दिन नेपालीको एकताबद्ध सङ्घर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको गौरवमय दिनको सम्झना र सम्मानमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell