PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाकिस्तानलाई विश्वकपमा प्रतिबन्ध लगाउने भारतको तयारी, इमरान खानसहित पाकिस्तानी क्रिकेटरको तस्विर हटाइयो



पाकिस्तानलाई विश्वकपमा प्रतिबन्ध लगाउने भारतको तयारी, इमरान खानसहित पाकिस्तानी क्रिकेटरको तस्विर हटाइयो

नयाँ दिल्ली: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई ) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)लाई पाकिस्तानलाई २०१९ मे महिनामा हुने ५० ओभरको विश्वकप खेल्नबाट प्रतिबन्ध लगाउन पत्र पठाउने तयारी गरिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ। आइसीसीले पाकिस्तानलाई प्रतिबन्ध नलगाए भारतले विश्वकपबाट आफ्नो नाम फिर्ता लिन सक्ने पत्रमा उल्लेख भएको दाबी गरिएको छ।

एक हप्ताअघि जम्मू काश्मिरमा गराइएको आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाउँदै आएको छ। सोही घटनाको विरोधमा बीसीसीआईले पाकिस्तानालाई विश्वकपमा प्रतिबन्ध लगाउन लबिङ गर्ने तयारी गरिरहेको बुझिएको छ।

आज बस्ने बीसीसीआइको बैठकले पत्र आईसीसीलाई पठाउने कि नपठाउने भन्ने विषयमा निर्णय लिनेछ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीले विश्वकप १० टोलीको खेल हो भन्दै भारतले विश्वकप नखेल्दैमा केही समस्या नहुने बताए। तर भारतबिना विश्वकप संचालन गर्न आइसीसीलाई गाह्रो हुने गांगुलीको तर्क छ।

भारत र पाकिस्तानबीच जुन १६ मा म्यानचेस्टरमा प्रतिस्पर्धा हुने तालिका रहेको छ। सो खेलका सबै टिकटहरु 'सोल्ड आउट' भइसकेको बताइएको छ।

इमरानको तस्बिर हटाइयो

यसैबीच,  पुलवामा आक्रमणको विरोधमा बीसीसीआईले मुम्बईको वानखडे स्टेडियमस्थित आफ्नो मुख्यालयबाट पाकिस्तानी खेलाडीहरुको तस्विर हटाएको छ।

हटाइएको फोटामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्विरसमेत रहेको छ। आक्रमणको विरोधमा सबैभन्दा पहिले क्रिकेट कल्ब इंडियाले आफ्नो कार्यालयमा रहेको इमरान खानको तस्विर हटाएको थियो। 

त्यसपछि भारतको राजस्थान,दिल्ली,पंजाब, कनार्टक लगायतका राज्यहरुमा रहेका कार्यलयहरुबाट पाकिस्तानी खेलाडीहरुको तस्विर हटाइएको थियो।

१४ फेब्रुअरीमा जम्मू काश्मिरको पलुवामामा भएको आक्रमणमा ४२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो।

भारतले पुलवामामा आक्रमण पाकिस्तानी सशस्त्र समूह जैश ए मोहम्मदको नेतृत्वमा भएको भन्दै भारतले पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएको छ। तर पाकिस्तानले भने भारतले लगाएको आरोप अस्विकार गर्दै प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell