PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कांग्रेसको संघीय विधानलाई अन्तिम रुप दिन देउवाले डाके केन्द्रीय समिति



कांग्रेसको संघीय विधानलाई अन्तिम रुप दिन देउवाले डाके केन्द्रीय समिति

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानलाई अन्तिम रुप दिन थप छलफल गरी सहमतिमा ल्याउन आइतबार केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन्।

आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उक्त निर्णय गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत मंसिर २९ बाट शुरु भएर पुस ८ गते आइतबार सम्पन्न महासमितिले केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी संघीय विधान पारित गरेको थियो। सोही विधान परिमार्जनका लागि केन्द्रीय कार्यसमितिको बैठक डाकिएको पौडेलले जनाए। बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell