PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

शुक्रबार सरकारी अस्पताल जाँदै हुनुहुन्छ? आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्दैछन् चिकित्सक



शुक्रबार सरकारी अस्पताल जाँदै हुनुहुन्छ? आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्दैछन् चिकित्सक

काठमाडौँ : सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबार देशै भरीका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने भएको छ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध उनीहरुले आन्दोलन गर्दै आएका छन्। एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरु फेरि आन्दोलनमा छन्।

त्यस्तै सरकारले तत्काल माग पूरा नगरे सामूहिक राजीनामा दिने उनीहरुको चेतावनी छ। त्यसको लागि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell