PahiloPost

Jun 24, 2026 | १० असार २०८३

गण्डकी मेडिकल कलेजमा एमबिबिएस पढ्न ५५ लाख, विद्यार्थी आन्दोलनले कलेज बन्द



गण्डकी मेडिकल कलेजमा एमबिबिएस पढ्न ५५ लाख, विद्यार्थी आन्दोलनले कलेज बन्द

काठमाडौँ : एमबिबिएस पढ्न ५५ लाखभन्दा बढी तिर्नुपरेपछि पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गरेको लामो समय भएको छ। विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलन गरेपछि पठनपाठन समेत अवरुद्ध छ।

काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम छ। तर, गण्डकी मेडिकलल कलेजले प्रत्येक विद्यार्थीबाट ८ लाख भन्दा बढी तिर्नुपरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

विद्यार्थीहरुको आन्दोलन चर्किदै गएपछि नेपाल मेडिकल काउन्सिलले छानविन गर्ने भएको छ। काउन्सिलले समस्या पहिचान गरी प्रतिवेदन पेश गर्न तीन सदस्यीय टोली खटाउने निर्णय गरेको छ।

टोलीले शुक्रबार र शनिवार मेडिकल कलेजमा पुगेर त्यहाँ देखिएको समस्या, विद्यार्थीहरुले आन्दोलन गर्नु परेको कारण लगायतका विषयमा अध्ययन गर्नेछन्। टोलीमा डा विश्वराज दवाडी, डा कालु सिंह खत्री र डा सुनिलकुमार शाह छन्। 

कलेजले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका विद्यार्थीले मेडिकल कलेज परिसरमा रिले अनशन समेत गरेका छन्।

सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। कलेज प्रशासनले भने कानूनअनुसार नै शुल्क लिएको जिकिर कलेज प्रशासनको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell