PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश सांसद ओलीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



 प्रदेश सांसद ओलीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तरकुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन्।


नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरे। प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनाहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गरे। प्रधानमन्त्री ओलीले मृतकका परिवार,आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।


उनी २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट विजयी भएका थिए। केही दिन अघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद  ओलीको  ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो।  उनको पार्थिव शरिरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell