नयाँ दिल्ली : भारतले पाकिस्तानी भूमिमा बम खसालेको छ। भारतीय संचार माध्यमले पुलवामा आक्रमणको बदला स्वरुप भारतले पाकिस्तान विरुद्ध 'सर्जिकल स्ट्राइक' गरेको बताएको छ।
भारतको वायु सेनाले मंगलवार बिहानै लाइन अफ कन्ट्रोल पार गर्दै पाकिस्तानमा रहेको आतंकवादी क्याम्पमा आक्रमण गरेको दाबी गरेको छ।
वायु सेनाले १२ मिरेज जेट बिमानबाट संदिग्ध क्याम्पहरुमा हजार किलोग्रामको बमहरु प्रहार गरेको बताइएको छ।
अधिकारीहरुले पाकिस्तानको खाइबर पअतुनखवा क्षेत्रमा रहेको जैश ए मोहम्मदको क्याम्प रहेको क्षेत्रमा बम खसालेको दाबी गरेका छन्। बालाकोट,चकोथी र मुजफरवादमा रहेका लडाकुका अखडा धवस्त बनाइएको भारतीय संचार माध्यमले बताएका छन्।
उक्त आक्रमणमा भएको क्षतिबारे भने भारतीय पक्षले केही बताएको छैन।
आक्रमणपछि अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना मन्त्रीहरुसँग छलफलमा रहेको भारतीय संचार माध्यम जनाएका छन्। छलफलमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल मेत रहेको बताइएको छ।
Delhi: Meeting of Cabinet Committee on Security underway at 7, LKM pic.twitter.com/sCq0MZSB2u
— ANI (@ANI) 26 February 2019
भारत सरकारले आक्रमणको बारेमा आधिकारिक धारणा व्यक्त गरेको छैन। तर, भारतीय नेताहरुले वायुसेनाले गरेको आक्रमणको तारिफ गर्दै सामाजिक संजालमा आफ्नो रायहरु राखिरहेका छन्।
🇮🇳 I salute the pilots of the IAF. 🇮🇳
— Rahul Gandhi (@RahulGandhi) 26 February 2019
आक्रमणका बारेमा पहिलो जानकारी पाकिस्तानको तर्फबाटै दिइएको थियो। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ घफूरले भारतीय पक्षले लाइन अफ कन्ट्रोल पार गर्दै पाकिस्तानी भूमिमा आक्रमणमा गरेको बताएका थिए। उनले भारतीय विमानलाई आक्रमण गर्नबाट अवरोध गरेको र सो विमान फर्कन क्रममा बलाकोटमा पेलोड खसाएर भागेको उल्लेख गरेका छन्। भारतीय पक्षले भने पाकिस्तानी सेनाको दाबी बारे उत्तर दिएको छैन।
Payload of hastily escaping Indian aircrafts fell in open. pic.twitter.com/8drYtNGMsm
— Maj Gen Asif Ghafoor (@OfficialDGISPR) 26 February 2019
रेडियो पाकिस्तानका अनुसार भारतीय पक्षको आक्रमणपछि पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशीले इस्लामावादमा 'एमर्जेन्सी मिटिङ' बोलाएका छन्।
पाकिस्तानबाट हुन सक्ने जवाफी कारवाहीको मध्यनजर राख्दै भारतीय लाइन अफ कन्ट्रोलमा रहेको आफ्ना वायु सेनालाई तयार अवस्थामा रहन निर्देशन दिएको एएनआइले जनाएको छ। यस्तै पाकिस्तानी सेनालाई समेत सम्भावित कारवाहीका लागि तयार रहन निर्देशन दिइएको बताइएको छ।
भारतको जम्मू कश्मिरको पुलवामामा फेब्रुअरी १४ मा गराइएको शक्तिशाली बम आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो।
भारतले सो आक्रमणको जिम्मेवारी लिएको जैश ए मोहम्मदलाई पाकिस्तानको संरक्षण रहेको भन्दै पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने बताएको थियो।
तर, पाकिस्तानले भारतीय दाबीलाई खारेज गर्दै आक्रमणमा आफ्नो राष्ट्रको समूहहरु संलग्न रहेको प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताउँदै आएको छ।