जम्मु काश्मिर: भारतको जम्मु काश्मिर भारतीय वायु सेनाको एमआइ - १७ विमान दुर्घटना भएको छ।
जम्मु काश्मिरको बडगममा पर्ने गारेन्ड कलानको खुल्ला चौरमा दुर्घटना भएको बताइएको छ।
#SpotVisuals: Police on military aircraft crash in Jammu & Kashmir's Budgam, say, "Two bodies have been found at the crash site." pic.twitter.com/Tg2uFeJjdW
— ANI (@ANI) February 27, 2019
जमिनमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो।
एएनआइका अनुसार दुर्घटनास्थलबाट दुई शव फेला परेको छ। विमानका पाइलटको अवस्था अज्ञात रहेको बताइएको छ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्।