PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण


काठमाडौं: पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिएको छ।

निधन भएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले सैनिक मञ्चमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीको शवमा राष्ट्रिय सम्मान स्वरुप राष्ट्रिय झण्डा ओडाएका छन्।

त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएका छन्।

मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरे। 

दिवंगतहरुलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न राजनीतिक दलका नेताहरु, ने क पाका कार्यकर्ता, कुटनीतिक नियोगका प्रतिनिधिहरुसमेत टुँडिखेल पुगेका छन्।

त्यस्तै मन्त्री सांसदहरुलेसमेत श्रद्धाञ्जली अर्पण गरेका छन्।

बुधवार भएको दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।



ट्रेन्डिङ पोस्ट

Ncell