PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नर्भिक अस्पतालले कानका बिरामीलाई निशुल्क परीक्षण गर्ने



नर्भिक अस्पतालले कानका बिरामीलाई निशुल्क परीक्षण गर्ने

काठमाडौं: नर्भिक इन्टरनेसनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ। 

फागुन १९ 'आफ्नो श्रवण शक्ति जाँचौ'  भन्ने नाराको साथ देशभरका अस्पतालमा श्रवण शक्ति दिवस मनाउन लागिएको हो।

हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै रहेका छन्।
 
सोही कारण नर्भिक अस्पतालले २० गते  ९ बजेदेखि साझँ ५ बजेसम्म कानका बिरामीलाई निशुल्क सेवा उपलब्ध गराउने भएको हो। सेवा प्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell