PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

पर्यटन व्यवसायी शेर्पाको बौद्ध परम्पराअनुसार टेकु दोभानमा अन्त्येष्टि 



पर्यटन व्यवसायी शेर्पाको बौद्ध परम्पराअनुसार टेकु दोभानमा अन्त्येष्टि 

काठमाडौं: ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि आईतबार अन्त्येष्टि गरिएको छ।

हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकु दोभानमा अन्त्येष्टि गरिएको हो। 

पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित भएका शेर्पाको अन्त्येष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए। विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्येष्टिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको पनि सहभागिता रहेको थियो।

शेर्पासँगै गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका मन्त्री अधिकारीसहित अन्य ६ जनाको गत शुक्रबार नै अन्त्येष्टि गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell