PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


विप्लवका नेतामाथि प्रहरीको गोली प्रहार, गाउँमै प्रहरीको छापा


विप्लवका नेतामाथि प्रहरीको गोली प्रहार, गाउँमै प्रहरीको छापा

काठमाडौं: प्रहरीको गोली लागी कपिलवस्तुमा विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका नेता ४० वर्षीय दुर्गाबहादुर रोका घाइते भएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडमा रहेको घरमा छापा मार्न खोज्दा भाग्न खोजेपछि गोली प्रहार गरेको र गोली लागी रोका घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रविन्द्र रावतले जानकारी दिए।

प्रहरीले घरबाट अत्याधुनिक २ थान एसएमजी, चाइनिज पेस्तोल र केही म्यागजिन फेला परेको छ। प्रहरीले अप्रेसन जारी राखेको जनाएको छ।

घरबाट प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, ५४ टाईप पेस्तोल १ थान, त्यसको म्यागजीन १ थान, त्यसको गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजीन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद भएको  जानकारी दिएको छ।



विप्लवका नेतामाथि प्रहरीको गोली प्रहार, गाउँमै प्रहरीको छापा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट