PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विप्लव लुटेरा समूह हो, ने क पा नाम नराख, लाज भइसक्यो: प्रम ओली



विप्लव लुटेरा समूह हो, ने क पा नाम नराख, लाज भइसक्यो: प्रम ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहको नेकपालाई लुटेराको समूह भएको आरोप लगाएका छन्। आज राष्ट्रिय सभा गृहमा स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि ओलीले उक्त आरोप लगाएका हुन्।

ओलीले विप्लपलाई नेकपा नाम नराख्न पनि आग्रह गरे। भने, 'विप्लवले लुटेर हिडेको छ। लुटेरा समूह नाम राखे हुन्छ। नेकपा नाम नराख। कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक। लाज भयो। हाम्रो पनि त्यही नाम छ।'

विप्लव समूहको पर्चा पनि आफूले पढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर। अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ।’

उनले विप्लव समूहलाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गरे। नभए सरकारले कारबाही गर्ने चेतावनी ओलीको थियो। उनले भने, ‘यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो। सरकारले यो काम गर्छ। म सुन्ने गरी भन्न चाहन्छु।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell