PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

कांग्रेस सांसद अमरेशकुमारले गरे दोस्रो बिहे


कांग्रेस सांसद अमरेशकुमारले गरे दोस्रो बिहे
फोटो: घटना र विचार

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर अमरेशकुमार सिंहले दोस्रो बिहे गरेका छन्।

त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग आज बंगलामुखी मन्दिरमा विवाह भएको हो।

सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंह यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए भने २०६७ सालमा डिभोर्स भएको थियो। 

भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो। पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी जोशीको श्रीमान विरामी भएपछि गाउँमै बस्दै आएका छन्। स्रोतका अनुसार जोशी केही वर्षदेखि काठमाडौंमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन्।



कांग्रेस सांसद अमरेशकुमारले गरे दोस्रो बिहे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट