PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

संसदमा राजपाले दियो सरकारबाट समर्थन फिर्ता लिएको जानकारी, सीके राउतसँगको सम्झौताको कारण माग



संसदमा राजपाले दियो सरकारबाट समर्थन फिर्ता लिएको जानकारी, सीके राउतसँगको सम्झौताको कारण माग

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी संसदमा गराएको छ।

आजको प्रतिनिधि सभाको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवले सभामुखमार्फत सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिएका छन्।

आफूहरुले उठाएको मागहरु सरकारले सम्बोधन नगरेको भन्दै समर्थन फिर्ता लिनु परेको यादवले बताएका छन्।

सरकारले आफूहरुको माग सम्बोधन नगरेको विषयमा प्रधानमन्त्रीको जावफ यादवले माग गरे।

स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले गरेको सम्झौताको विषयमा जानकारी यादवले माग गरे।

आफूहरु विखण्डनको पक्षमा नरहेको बताउँदै सरकारले जनमतसंग्रहको बारेमा किन सम्झौता गरेको भन्दै यादवले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell