PahiloPost

Sep 27, 2024 | ११ असोज २०८१

पृथकतावादी गतिविधि निस्तेज हुँदा कोही कोही पानी बिनाको माछा जस्तै भुटभुटिए: प्रम ओली 



पृथकतावादी गतिविधि निस्तेज हुँदा कोही कोही पानी बिनाको माछा जस्तै भुटभुटिए: प्रम ओली 

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन्।


राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले उक्त भनाई राखेका हुन्।


प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भएपनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे। “पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ। त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो,” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन। यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ।”


प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुंदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए। “नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तै भुटभुटिएका छन्,” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो।”


प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने,लुटपाट गर्ने कुरा सरकारलाई  मान्य नहुने प्रधानमन्त्री ओलीको भनाइ छ। “देशको  शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुदैनन्,” प्रधानमन्त्री ओलीले भने, “कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ति दुवै कुराहरुलाई निस्तेज पारिन्छ।”


देशको अखण्डता,सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell