PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

वान डे क्रिकेट सिरिज: अस्ट्रेलियासँग १० वर्षपछि घरेलु मैदानमै हार्‍यो भारत  



वान डे क्रिकेट सिरिज: अस्ट्रेलियासँग १० वर्षपछि घरेलु मैदानमै हार्‍यो भारत  

अस्ट्रेलियाले भारतविरुद्धको पाँच वान डे सिरिज ३-२ ले जितेको छ। सिरिजमा  पहिला दुई खेल हारेर दबाबमा रहेको अस्ट्रेलियाले भारतलाई उसैको घरेलु मैदानमा बांकी सबै खेल जित्दै पराजित गरेको हो। पाँचौ तथा अन्तिम वानडेमा अष्ट्रेलियाले ३ सय भन्दा कम स्कोर डिफेण्ड गर्दै भारतलाई ३५ रनले हरायो।

बुधवार भएको खेलमा अस्ट्रेलियाले टस जित्दै पहिला ब्याटिङ गरेको थियो। ५० ओभरमा उसले ९ विकेट गुमाउँदै २७२ रन बनाएको थियो। अस्ट्रेलियाका उस्मान ख्वाजाले शतक बनाए भने पीटर ह्याड्सकोम्बले ५२ रन बनाएका थिए। भारतका भुवनेश्वर कुमारले तीन विकेट लिएका थिए।

२७३ रनको लक्ष्य पाएको भारतले ५० ओभरमा १० विकेट गुमाउँदै २३७ रन मात्रै बनाउन सक्यो। भारतका रोहित शर्माले सर्वाधिक ५६  र भुवनेश्वर कुमारले ४६ रन बनाए भने केदार जाधवले ४४ रन बनाए। ५६ रन बनाएसँगै रोहित वान डेमा ८ हजार रन पुरा गर्ने ९ औं भारतीय क्रिकेट खेलाडी बनेका छन्।  अस्ट्रेलियालाई जिताउन एडम जम्पाले तीन विकेट लिए।

अस्ट्रेलियाली खेलाडी उस्मान ख्वाजाले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको अवार्ड पाए।

एरोन फिंचको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीले यसअघि चारवटा सिरिज खेलेको थियो। तर फिंचको कप्तानीमा अस्ट्रेलियाले पहिलो सिरिज जितेको हो। यता, विराट कोहलीको कप्तानीमा रहेको भारतीय क्रिकेट टोलीले पहिलोपटक वान डे सिरिज हारेको हो। कोहीलीले अगुवाइ गरेको यसअघिका पाँच सिरिज भारतले नै जितेको थियो।

अस्ट्रेलियासँग आफ्नै घरेलु मैदानमा भारत १० वर्षपछि पराजित भएको हो। यसअघि सन् २००९ मा भारत सँग भएको वान डे सिरिजमा अस्ट्रेलियाले भारतलाई ४-२ ले पराजित गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell